Tuesday, December 9, 2014

प्रचण्डपुत्र सुन तस्करी र लुटपाटमा मुछिए
एमाओवादीका उच्च तहका नेताहरुमाथि प्रहरीको अनुसन्धान अझै जारी


 
2168
 
12
 
2
 
0
 
2190
 

काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाकाबाट हुने सुन तस्करी निकै चर्चामा छ । यो रुटमा प्रहरीले क्वीन्टलका क्वीन्टल सुन बरामद गर्दै आएको छ । यो नाकाबाट हुने सुनतस्करी जतिसुकै कडाई गरे पनि अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । बरु, यो कार्यमा प्रहरीकै उच्चाधिकारीहरु मिलेको चर्चा आइरहन्छ । त्यस्तै राजनीतिक नेताहरुको समेत यसमा सम्लग्नता रहने गरेको दावी पनि गरिदै आएका छन् । जसका कारण आजसम्म पनि सुनतस्करको जालो पत्तालाग्न सकेको थिए । खाली भरियाहरु मात्र पक्राउ पर्ने गरेका थिए । कहिलेकाही तस्करहरुबाट बीचबाटोमै लुटेराहरुले सुन लुट्ने पनि गरेका छन् । 
यही क्रममा प्रहरीले सुन तस्करीको जालो पत्ता लगाएको जनाएको छ । प्रहरीले गरेको गहिरो अनुसन्धानबाट तातोपानी नाका हुँदै भइरहेको सुनको तस्करी र सुनको लुटपाटमा एकीकृत माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको समेत सम्लग्नता भेटिएको छ । प्रहरीले काभ्रेको पाँचखालमा केही दिनअघि नाटकीय रुपमा लुटिएको सुन लुटपाटमा प्रकाश  दाहालको सम्लग्नता रहेको तथ्य फेला पारेको हो । पाँचखालमा यसअघि ३५ केजी सुन लुटिएको थियो । त्यो सून एक जना चिनियाँ व्यापारीको भएको बताइएको छ । 
प्रहरीका अनुसार त्यो सुन तातोपानीबाट एक चिनियाँ व्यापारीले काठमाडौं पठाएका थिए । उनले गोम्बु शेर्पा नाम गरेका व्यक्तिसँग सुन काठमाडौं पठाएका थिए । तर, सुन बोक्नेबित्तिकै गोम्बुको मनमा कालो पलाएको थियो । सुन बोकेर तातोपानीबाट हिडे लगत्तै गोम्बुले सुन लुट्नका लागि ठूलै स्रोतसँग सम्पर्क गरेर सेटिङ मिलाए । ती ठूला स्रोत भनेका काभ्रे घर भएका प्रचण्डका पूर्व गाडी चालक उज्ज्वल तामाङ थिए । उज्ज्वलले सुन अलि बढी नै भएको खबर पाएपछि त्यसबारे सोझै प्रकाशलाई फोन गरेर खबर गरेर थप योजना बनाएको बताइएको छ । 
उज्ज्वल र प्रकाशले बनाएको योजना मुताविकनै घिउको बट्टामा हालेर ल्याउँदै गरेको ३५ केजी सुन लुटिएको थियो । यो घटना गत कार्तिक १५ गते भएको थियो । तातोपानीबाट पाँचखाल पुगेका गोम्बुले आफूलाई अपहरण गरेर सुन लुटेको भन्दै ती चिनियाँ व्यापारीलाई फोनमा खबर गरे । तर, उनी आफै त्यो लुटपाटमा सम्लग्न भएका थिए । 
प्रहरीले यो लुटपाटमा एमाओवादीका केही अरु उच्च नेताहरुको समेत सम्लग्नता भेटिएको जनाएको छ । त्यसका लागि प्रहरीका माथिल्लो निकायमा उजुरी पनि भइसकेको छ । प्रहरीले यसबारे एमाओवादी नेतृत्वलाई जानकारी पनि गराइसकेको छ । प्रकाशको सम्लग्नता गम्भीर अपराधमा भेटिएको थाहा पाएपछि हिजोआज एमाओवादीका उच्च नेतृत्वमा तहमा ठूलै भूइचालो गएको बताइन्छ । उनीहरुले निरन्तर दवाव दिँदै यसबारे थप अनुसन्धान अगाडि नबढाउन प्रहरीलाई दवाव पनि
- See more at: http://www.nonstopkhabar.com/detail_page.php?id=1770#sthash.m61DPoEV.Rsu1TWAL.dpuf

कम्प्युटरमा फटाफट काम हुने १० शर्टकट्स

keyboard-short cutहामी कैयौं पटक सानो सानो कामको लागि माउसको कर्सरलाई कम्प्युटर स्क्रीनमा घुमाइरहन्छौं । जबकि किबोर्डको सामान्य शर्टकट्सबाट फटाफट काम गर्न सकिन्छ । तर यसको लागि तपाईंलाई शर्टकट कि कसरी चलाउने ? जानकारी हुन आवश्यक छ । आउनुहोस्, केही चलनचल्तीमा आइरहने जरुरी कम्प्युटरको शर्टकट्स बारे जानकारी हासिल गरौं ।
ट्याव खोल्ने र बन्द गर्ने
यदि तपाईं कुनै ब्राउजरमा सबै ट्याव खोलेर काम गरीरहनु भएको छ भने र तत्कालै कुनै ट्याबलाई बन्द गर्नुपरेमा Ctrl + W अथवा Ctrl+F4   को प्रयोग गर्नुहोस् । यदि सबै ट्याब एकैचोटि बन्द गर्न चाहनुहुन्छ भने Ctrl+Shift+W प्रयोग गर्नहोस् । यदि तपाइ फेरी उक्त ट्याव खोल्न चाहनुहुन्छ भने Ctrl+Shift+T को प्रयोग गर्नुहोस् ।
विन्डो मिनिमाइज गर्नुहोस्
यदि तपाई कम्प्युटरमा कैंयौँ सफ्वेयर र ब्राउजर खोलेर काम गरिरहनु भएको छ र तत्कालै विन्डोजलाई मिनिमाइज गर्न चाहनुहुन्छ भने Windows Logo+M  को प्रयोग गर्नुहोला ।
साइज सानो अथवा ठूलो बनाउनुहोस्
कुनै पनि साइजलाइ सानो अथवा ठूलो बनाउन Ctrl + अथवा Ctrl –  को प्रयोग गर्नुहोस् । यो बाहेक MS Office मा त्थउभ गरिएको Type लाई छोटो अथवा ठूलो बनाउनका लागि सबभन्दा पहिला उक्त शब्दलाई सेलेक्ट गरेर तपाई ठूलो बनाउन चाहनुहुन्छ भने Ctrl + थिचेर Font लाई ठूलो र सानो बनाउन सक्नुहुनेछ ।
एक विन्डोबाट दोस्रो विन्डोमा जानुहोस्
कम्युटरमा हामी एकैचोटि धेरै विन्डोजहरु ओपन गरेर काम गरिरहेका हुन्छौं । यहाँ हामी एक विन्डोबाट दोस्रो विन्डोमा जानका लागि Alt+Tab वटनको प्रयोग गर्न सक्छौँ । यस बाहेक एक ट्यावबाट अर्को ट्यावमा जानका लागि Ctrl+Tab को प्रयोग गर्न सक्छौँ ।
कम्युटरलाई लग अफ गर्नुहोस्
कम्युटरमा काम गरीसकेपछि सिस्टम बन्द गर्न चाहनुहुन्छ भने Windows Logo+L को प्रयोग गर्नुहोस् । यदि वर्तमान अवस्थामा खोलिरहेको विन्डोलाई बन्द गर्न चाहनुहुन्छ भने Alt+F4  को प्रयोग गर्नुहोस् ।
नयाँ ट्याव खोल्नुहोस
यदि तपाइँ ब्राउजरमा नयाँ ट्याव खोल्न चाहनुहुन्छ भने Ctrl+Tको प्रयोग गर्नसक्नुहुनेछ । ओपन ब्राउजरमा एक ट्यावबाट अर्को ट्यावमा जान चाहनुहुन्छ भने Ctrl+Tab को प्रयोग गर्नसक्नुहुनेछ ।
कुनै फोल्डरको नाम बदल्न चाहेमा
कुनै फोल्डर अथावा आइटमको नाम बदल्नको लागि F2 वटन प्रयोग गर्नुहोस् ।
कुनै विन्डोजको मेनुमा जानुहोस्
काम गरीरहेको कुनै पनि एक्टिभ मेनुमा जानको लागि Alt+Space bar को प्रयोग गर्नुहोस् । प्रारम्भ मेनुमा जानका लागि Windows Logo वटन खिच्नुहोस् ।
Esc को प्रयोग गर्नुहोस
कुनैपनि एक्टिभ आइटमबाट बाहिर जानको लागि Esc को प्रयोग गर्नहोस् । जस्तै फेसबुकको कुनै फोटो हेरिरहेको अवस्थामा त्यस आइटमबाट बाहिर जानको लागि पनि Esc को प्रयोग गर्नसक्नुहुनेछ ।
कुनै Object को Properties मा जान
कुनै Object को properties मा जानको लागि पहिला Arrow वटन बाट Object मा गएर Alt+Enter को प्रयोग गर्नुहोला । Windows Logo+R को प्रयोग गरेर रन कमान्ड बक्स open  गर्नसक्नुहुनेछ ।
- See more at: http://www.nepalikonews.com/computer-shortcuts/#sthash.Q7aWNLnJ.SAMKoSMu.dpuf

Sunday, November 30, 2014

कस्तो गर्ने विवाह ? twitter.com/samjhanabhatt

 –युवराज गौतम ।
भनिन्छ जन्म, मृत्यु र विवाह स्वर्गमै तय गरिन्छ । अर्थात जोकोही मानिसको जीवनमा एक पटक विवाह भएकै हुन्छ । यो प्राकृतिक नियम जस्तै हो । एउटा परिवारको संस्था बन्न विवाह अनिवार्य छ । धर्मग्रन्थहरुमा पनि परिवार संस्कृती, विवाह र नाताकुटुम्बका वारेमा उल्लेख गरिएको छ । हुनत मानवशास्त्रीहरुले पनि विवाहका नियमहरुले नै समाज बन्न सम्भव गराउंछ भनेर उल्लेख गरेका छन् । कतिपय दार्शनिकहरुले ‘विहे यस्तो चीज हो कि गर्ने मान्छे पनि पछुताउँछ नगर्ने मान्छे पनि पछुताउँछ ।’ भनेर व्याख्या गरेका छन् ।
नेपाली शब्दकोषले विवाह शब्दलाई स्त्री र पुरुषका वीचमा पति पत्नीको सम्बन्ध कायम गराउने धार्मिक वा सामाजिक कर्म भनेर परिभाषित गरेको छ । त्यतिमात्र होइन, विवाह गर्नु भनेको जीवनसाथीको चुनाव गराउनु पनि हो । यद्यपी यही विवाहको परम्परा र शैली अब विगत जस्तो छैन् । आधुनिक उदार पुस्ताले विवाहलाई नयाँ शैलीमा ढाल्न थालेको छ । अर्थात विवाहको स्वरुपमा नै कायपलट ल्याइदिएको छ ।
‘विहे गर्नु कुलको पानी खानु मुलको’ हाम्रो समाजमा यो भनाई चर्चित छ । कुल, जात र खानदान हेरेर विवाह गर्ने पुरानो प्रचलनलाई यही भनाइले प्रतिनिधित्व गर्छ । तर विस्तारै कुल खानदानको कुरा अब गौड बन्दै गइरहेको छ । युवा पुस्ता आफ्नो जीवनसाथी रोज्न स्वतन्त्र हुँदै गएका छन् । समाज र परिवारको लगामबाट टाढा बन्दै गएको अहिलेको पुस्ताले विवाह गर्नुपूर्व आफ्नो जीवनसाथी रोजेरमात्र अर्थात पहिल्यै माया–पिरती गांसेर त्यसपछि मात्र परिवारको अनुमती लिने क्रम सुरु गरेका छन् ।
समय र समाजसँगै नेपाली रितीरिवास र संस्कारमा व्यापक वदलाव आउन थालिसकेको छ । अधिकांस युवाहरु परिवार र आफन्तको रोजाइ र खोजाइमा विवाह गर्नुपर्छ भन्ने पक्षमा छैनन । परिवारको खुशी होइन आफू खुशी रहनुपर्छ भन्ने मान्यता स्थापित गर्न युवाहरु चाहान्छन् । केटा वा केटीले एक आपसमा रोजेर घुम्ने, मोजमस्त गर्ने, वानीव्यहोरा वुझ्ने अनि परिवारको मान्यता दिलाई खुशीको जीवन रोज्नेको संख्या बढदै गइरहेको छ । परम्परागत विवाहको संस्कार हराउँदै गएको छ । जन्ते बाख्रो लिएर जन्ती जाने, रातभर रत्यौली खेल्ने जस्ता चलनहरु कम हुँदै आएको छ ।
नेपाल सरकारको किशोरकिशोरी तथा युवा सर्वे–सर्वेक्षणले अहिलेका पुस्ताले विवाहमा कस्तो साथी रोज्न भनेर सर्बेक्षण गरेको छ । विवाहित मध्ये ५३.४० प्रतिशत युवक र ३७.५६ प्रतिशत युवतीले आफ्नै रोजाइले जीवनसाथी रोजेको बताएका छन् । सर्वेक्षणले देखाएको महत्वपूर्ण तथ्य के हो भने सहरी क्षेत्रका ३४.८१ प्रतिशत युवतीहरुकालागी सहमतिबिनै अभिभावकले दुलाहा खोजिदिन्छन, जबकी ३६.१७ प्रतिशत युवकका लागी दुलही खोज्दा सहमती लिइदैन भन्ने तथ्य सार्वजनिक भएको छ ।
गर्नै पर्छ विवाह ? 
जोकोहीका अभिभावकहरुले आफ्ना सन्तानको उमेर पुगेपछि विवाह गरिदिन र जिम्मेवारी पुरा गर्न चाहान्छन् । छोराछोरीको पालपोषण, शिक्षादिक्षा अनि उमेर पुगेपछि विवाह गरिदिन पाए अभिभावकले आफ्नो दायित्व पुरा भएको ठान्छन् । उमेर पुगेका छोराछोरी सुरुमा विवाह गर्न हिचकिचाए पनि अन्ततः लगन गांठो जोडेरै छाड्छन् ।
पुरानो प्रचलनमा विवाह गर्ने भनेको बुहारी भित्राउने अनि घरको कामकाज चलाउने, खेतीपाती, चुलोचौकोमा सघाउन, बंश विस्तार गर्न मात्र नभई परम्परा धान्नका लागी विवाह गरिन्थ्यो । विवाह गर्नु भनेको व्यक्तिको होइन परिवारका लागि हुन्थ्यो । विवाहको टुङ्गो लगाउन पनि परिवारको भूमिका बढी हुन्थ्यो । छोरीको विवाह गरेर पठाउँदा ‘पाले पुन्य, मारे पाप’ भन्ने प्रचलन थियो । वैदिक विधिले विवाहलाई पारिवारिक खुशीमा सिमित गराइदिएको थियो ।
तर समयक्रमसँगै विवाह व्यक्तिको रोजाइमा अघि बढ्न थालेको छ । पुरानो चलन हटदै केटा–केटीको खुशीमा विवाह हुन थालेको छ । जोसंग खुशी भइन्छ उही संग विवाह हुने प्रचलन बढेको छ । युवापुस्ताको चाहाना अनुसार विवाहको शैली फेरिदै गएको छ ।
नेपाल आदिवासी जनजाती विद्यार्थी महासंघका अध्यक्ष डुजाङ शेर्पा विवाह आपसी भावना साट्न र खुशीका साथ जिन्दगी चलाउनका लागी आवश्यक भएको स्विकार्छन । भन्छनः यौनसम्पर्क, सन्तान उत्पादन लागी पनि विवाह आवश्यक छ ।’ दुखसुख साटासाट गर्न, ‘डेली लाइफ’ चलाउन पनि विवाह आवश्यक भएको शेर्पाको बुझाइ छ ।
जातभातको कुरै हरायो
‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।’ महाकवी देवकोटाको यो भनाई हिजोआज युवाहरुको मन मुटुमा अडेको छ । हुनत मन मिले जोकोही बीच विवाह गर्न पाउने कानुनी मान्यता छ । युवाहरुको चाहाना अनुरुप विवाहले नयाँ फड्को मार्न थालेको छ । हिजोआज विवाह गर्नलाई जातले छेक्न छाडेको छ । मागी विवाह नै गर्नुपरे केटाकेटीको जात, समुदाय बुझने चलन नभएको होइन ।
यद्यपी मागी विवाहको प्रचलनमा कमी आएकाले जातको कुरै हराएको छ । मानिसको गुण र दोषका आधारमा मानिस असर र खराब छुट्टाउने प्रचलनको हावी हुन थालेको छ । आरआर क्याम्पसमा अध्ययनरत सुनिता गुरुङको कथन पनि जातले जिन्दगी चलाउने होइन मन र माया मिले हुन्छ भन्नेमा छ । सुनिता भन्छिन–‘ठूलो जात र सानो जात भनेर गरिएको विभेद अहिलेको पुस्ताले रुचाउँदैनन, मन, उमेर र भावना मिले विवाह जोकोहीसँग गर्दा फरक पर्दैन ।’
हुनत मागी र स्वजातिय विवाहका पक्षमा उभिने युवाहरुको पछाडी अभिभाव र समाजको खुशी मुख्य हुन जान्छ । तर अभिभावक र समाजले पनि अन्तरजातिय विवाहलाई सहज रुपमा लिन थालेको छ । हरेक महिलाहरुले विवाह गर्दा व्यावसायमा लागेको इमान्दारीता र पारिवारीक पृष्ठभूमि बुझने गर्छन भने केटाहरुले पनि पढेकी, सुन्दरी साथै जागिरे केटी रोज्न थालिसकेका छन् । यसका पछाडी जातको कुरा ओझेल पर्न थालेको बुझन गारो छैन् । परिवार र समाजले नस्विकारे अदालती विवाह गर्न पनि युवाहरुले भ्याउन थालेका छन् ।
धन होइन मन मिले पुग्छ
दाइजो प्रथा विरुद्ध जति नै अभियान चालिए पनि तराइका कतिपय स्थानहरुमा दाइजो प्रथा अझै पनि कायमै छ । यसका विरुद्ध कानुन नै बनेपनि लुकीछिपी दाइजो लेनदेन चलिरहेको छ । दाइजो नल्याउने छोरा र दाइजो नपाउने छोरीलाई समाजमा हेय दृष्टिले हेर्ने गरिन्छ । यद्यपी अहिलेको पुस्ता दाइजोको पक्षमा देखिदैनन् । विवाहलाई पैसाको लेनदेनमा मिसाइयो भने सम्बन्ध सुमधुर हुनै नसक्ने कुरामा गितकार सुमी सिंह विश्वस्त छिन् ।
‘विवाह गर्ने जोडीको सम्बन्ध आपसी समझदारी र विश्वासमा निर्माण गरियो भने धनको कुनै जरुरत नै पर्दैन,’ उनले भनिन–‘धन त संगै दुःख गरेर कमाउन सकिन्छ, सित्तैमा पाएको दाइजोले मन शान्त गराउनै सक्दैन ।’ हाम्रो समाजमा गरिबको छोराले धनी परिवारको छोरी र धनी परिवारको छोराले गरिब परिवारकी छोरी भित्राउने चलन बढ्दै गइरहेको छ । त्यसैले तराईका एकाध जिल्ला बाहेर दाइजो वा धनसम्पत्तीमा विवाहको कुरा अल्झन छोडेको छ । मन मिले जातभात, धनसम्पत्तिको लेनदेन कमी हुंदै आएको छ ।
शुभसाइत हेराउनै छाडियो
विवाह गर्दा हिन्दु धर्ममा शुभसाइत तोक्ने प्रचलन पुरानै हो । ज्योतिषहरुले शुभसाइतको मिति तोकेर विवाह गर्ने सल्लाह दिने र सोही अनुरुप विवाह बन्धनमा बांधिने प्रचलन छ  । कार्तिक, चैत्र जस्ता महिनाहरुमा विवाह गर्नुहुंदैन भन्ने मान्यता कायमै छ । तर पछिल्लो समयमा शुभसाइत नै आवश्यक पर्न छाडीसकेको छ । जोडीको समय र मन मिले विवाह जुनसुकै दिन, वार, महिना कांडेतार बन्दैन ।
हिन्दु संस्कारमा शुभ विवाहका लागी १२ मध्ये ६ महिना मात्रै सम्भावित हुन्छन् । ती महिना भित्र पनि विभिन्न ग्रहगोचर, केटा–केटीको जन्मकुण्डलीका आधारमा शुभ लग्न जुराउने चलन छ । ज्योतिष डा. सुनिल सिटौला भन्छन–‘अहिलेका पुस्ता यस्ता शुभसाइतको पक्षमै छैनन, आफ्नो इच्छा र समयलाई प्राथमिकता दिन्छन ।’ तर लग्न वा शुभसाइत नजुराई गरिएको विवाह शुभ हुन नसक्ने र यसको परिणाम नकरात्मक निस्कने धार्मिक विश्वास रहेको सिटौलाको भनाइ छ ।
दशैंको टीकाको दिन, अक्षय तृतीया, सरस्वती पूजाका दिनलाई विवाह गर्न उपयुक्त मानिन्छ । तर हिजोआज भ्यालेन्टाइन डे, नयाँ बर्ष जस्ता दिन युवाको शुभसाइत मान्न थालिएको छ । जग्गे र होम गर्ने स्थलहरु पनि बन्न छाडीसकेका छन् । आधुनिकिकरणले हिन्दु संस्कार नै मेटिने हो की भन्ने एकथरीको चिन्ता भने कायमै छ ।
विवाहबारे रमाइला भनाई
विवाहबारे गाउँतिर मात्र होइन समाजशास्त्री, दार्शनीकहरुले रमाइला र घतलाग्दा भनाइहरु सार्वजनिक गरिसकेका छन् । ‘विवाह एउटा यस्तो पोखरी हो जहाँ अविवाहितहरु पौडी खेलेर मजा लिन चाहान्छन भने विवाहितहरु वहिर निस्केर घाम ताप्न चाहान्छन ।’ लङमेन एक्टिभ स्टडी डिक्सनरीले ‘एक स्त्री र एक पुरुषबीचको औपचारिक धार्मिक विधिमार्फत हुने मिलन नै विवाह हो ।’ बैज्ञानिक अल्वर्ट आइन्स्टाइनले विवाह बारे अलिक भडकिलो भरिभाषा दिएका छन् । उनले भनेका छन–‘विवाहको अवधारणा पक्कै पनि एउटा सोच्न नसक्ने सुंगुरले ल्याएको हुनुपर्छ ।’
सुकरातले चाहीं विवाह गर्न प्रोत्साहित गरेका छन् । उनले भनेका छन्–‘जे भए पनि विहे गर, असल श्रीमती पायौं भने खुशी हुनेछौं, खराब परे दार्शनिक ।’ त्यस्तै अन्य रमाइला तर वास्तविक भनाइहरु पनि चर्चित छन् । ‘विहे भनेको सुनौंलो पिजंडा हो जहां पस्न नपाएकाहरु कतिबेला ढोका खुल्ला र पसौंला भनेर कुर्छन भने पसेकाहरु कतिखेर खुल्ला र निस्कौंला भनी उचित समयको पर्खाइमा हुन्छन ।’ त्यस्तै पुरुष प्रति लक्षित अर्को भनाई यस्तो छ–‘विहे गरेको भोलीपल्ट पूरुषले आफू सातबर्ष थप बुढो भएको अनुभव गर्छ । 
- See more at: http://imagekhabar.com/blog/detail/162#sthash.wUsgZHkZ.dpuf

Thursday, October 30, 2014

छिनछिनमा बेहोश हुन्छन् कक्षामा केटीहरू

भवानी अधिकारी |२०७१ कार्तिक १२ बुधवार10252 पटक पढिएको
 3617
 18
 
स्याङ्जा : स्याङ्जा सदरमुकामसँगै जोडिएको राङभाङ गाविस ५ स्थित अरनिको उच्च माध्यमिक विद्यालयमा अध्ययनरत छात्रामा फेरी एउटा अनौठो रोग देखिएको छ। सामूहिक अचेतन (छिनछिनमा बेहोश हुने, रुने, कराउने, चिच्याउने) को समस्याले स्कूलको पढाइमा समेत वाधा पुगेको छ।
 
विद्यालयका प्राचार्य गोपाल पौडेलका अनुसार यसअघि पनि यो समस्या विद्यालयका छात्राहरूमा बारम्बार देखिएको हो।  विविध उपचार विधि अपनाए पनि बालिकामा मात्र हुने यो समस्या खासै समाधान हुन नसकेको पौडेलले बताए।
 
विद्यालयमा अध्ययरत करिब २ सय ५० विद्यार्थीमध्ये दैनिक ८ देखि १५ जनासम्म कक्षामै बेहोश हुन्छन्। शिशु कक्षादेखि १२ सम्मको पढाइ हुने सो विद्यालयमा ७ देखि १० कक्षामा अध्ययनरत बालिकामा यो समस्या देखिएको छ। यसले अरू विद्यार्थीको मनोविज्ञानमा समेत नकारात्मक असर परेको  पौडेलले बताए।
 
पौडेलले विगत ५/६ वर्षदेखि नै एक दुईजनामा यस्ता समस्या देखिदै आएकोमा यसपटक बढी संख्यामा छात्राहरू यो समस्याबाट प्रभावित देखिएका छन्। एक दुई जना बालिकामा मात्र हुँदा अभिभावकले आफना छोरीको व्यक्ति गत समस्याका कारण यस्तो भएको भन्दै बाहिर सार्वजनिक गरेनन् , तर सामूहिक रुपमा बेहोश हुन थालेपछि आफूहरू चिन्तित भएको र विशेषज्ञहरूसँग परामर्श भइरहेको अभिभावक नन्दबहादुर रानाले बताए। 
 
कहिले त एकै दिनमा १२ देखि १५ जना बालिकाहरू बेहोस हुने र रुने चिच्याउने गर्छन्। 'विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आउँछ,  विद्यालयका पूर्वप्राचार्य हेमराज अर्यालले भने। कक्षाका आधाभन्दा बढी विद्यार्थी बेहोस हुन थालेपछि गत वर्ष विद्यालयले एक साताका लागि विद्यालय बन्द गरेर उपचारमा लाग्यो, तर पनि उपचारले सफलता भने पाउन भने सकेन। 
 
विद्यालयले मनोचिकित्सकको टोली, एलोपेथिक डक्टरको टोली, लामाधामी र झाँक्री समेतलाई बोलाएर समस्याको समाधान खोजेको पौडेलेले बताए।  केही समय पहिले यही समस्यालाई लक्षित गरेर विद्यालयमा स्वास्थ्य शिविर नै संचालन गरिएको थियो।  लामाझाँक्रीले विद्यालय परिसरमा रहेको सरस्वतीको मन्दिर अपवित्र स्थानमा रहेको जनाउँदै भत्काउन लगाए।
 
विद्यालय परिवार र स्थानीयवासीको सहमतिमै मन्दिर भत्काइए तर पनि बालिकामा देखिएको समस्या भने अझै उस्तै रहेको बाल अधिकार अधिकृत बद्री बाग्लेले बताए। त्यसो त, मनोचिकित्सकको टोलीले विद्यालय परिवार, अभिभावक र गाउँले सबैलाई नियमित रुपमा मनोपरामर्श नियमित गरिनुपर्ने सुझाव दिएको थियो। एलोपेथिक डा. भेषराज पोखरेल मास फेन्टिङ (कन्भर्सन डिस अर्डर ) का कारण बालिकामा समस्या रहेको बताए। 
 
बालिकाहरू बेहोस हुनु अघि कुनै अदृश्य शक्ति ले डराउन दिने आफूलाई जहाँ छोएजस्तो भान हुन्छ अनि सोही अंग दुख्ने गरेको कक्षा १० मा अध्ययरत बालिका रेखा थापाले बताइन्। विद्यालय आएपछि एघार बजेदेखि एक बजे भित्रको समयमा धेरै बेहोस हुने गरेको र बेहोस हुने बालिकाको मुटु दुख्‍ने गरेको विद्यालयका प्राचार्य गोपाल पौडेलले जानकारी दिए। 
 
- See more at: nareshbhatta.blogsport.com

Tuesday, October 28, 2014

उठ्ने वित्तिकै कहिले पनि नगर्नुस् यी ५ काम
बुढा पाकाहरुले जीवनका बारेमा भनेका कतिपय कुराहरु बैज्ञानिक छन् । तर पछिल्लो समयमा मानिसहरु बुढा पाकाले भनेका जीवन सम्बन्धी महत्वपूर्ण कुराहरुलाई वास्ता नै गर्दैनन् ।

यहाँ त्यस्तै मान्यताको चर्चा गरिएको छ जुन विहानमा उठ्ने वित्तिकै गर्नु निक्कै अशुभ मानिन्छ । विहान उठने वित्तिकै गर्नै नहुने ५ कामः


१ सहवास नगर्नुस्
विहान उठ्ने वित्तिकै सहवास गर्नु राम्रो मानिँदैन । विहानको सहवासमा शरीरमा जम्मा भएको सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक उर्जा भरिने शास्त्रीय मान्यता छ । सके सम्म विहानमा सम्भोग गर्नु हुँदैन ।


२ ऐना नहेर्नुस्
विहान उठ्ने वित्तिकै मानिस अल्छी हुन्छ । र मानिसको अनुहारमा आलस्य झल्किन्छ । विहान उठ्ने वित्तिकै ऐना हेर्दा त्यो आलस्यको मुद्राले दिनभरी नकारात्मक प्रभाव पार्छ । त्यसकारण उठ्ने वित्तिकै ऐना हेर्ने बानी छ भने आजै देखि छोडिदिनुस् । ऐना हेर्नु भन्दा पहिले हत्केला हेर्नुस् ।



३ बाँदरको नाम नलिनुस्
विहान उठेर बाँदरको नाम नलिन सुझाव दिन्छन् शास्त्रका ज्ञाताहरु । विहानै बाँदरको नाम लिँदा दिनमा खाना खान मसस्या हुने उनीहरुको भनाइ छ । विहानमा बाँदरको नाम सके सम्म उच्चारण नै नगर्नुस् ।

४ तेलको भाँडो र सियो धागो नहेर्नुस्
विहान उठ्ने वित्तिकै तेल राखेको भाँडो वा सियो धागो प्रयोग नगर्नुस् । यी २ बस्तु उठ्ने वित्तिकै हेर्न नहुने शास्त्रीय मान्यता छ । यस्ता सामान राख्दा विहान उठ्ने वित्तिकै नदेखिने ठाउँमा राख्नु बुद्धीमानी हुन्छ् ।

५ घर फोहोर नराख्नुस्
उठ्ने वित्तिकै फोहोर सफा गरिहाल्नुस् । विहानको समयमा घरमा लक्ष्मी प्रवेश गर्ने समय मानिन्छ । विहान उठ्ने वित्तिकै घर सफा गर्नु सबै भन्दा उत्तम मानिन्छ । सके सम्म यस्तो सफाइ घरका महिलाले गरेको राम्रो भनिएको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Monday, October 27, 2014

अप्टिकल शब्दबाट नै स्पष्ट हुन्छ कि यो दृश्य अथवा प्रकाश सित सम्बन्धित हुन्छ। अप्टिकल फाइबरमा अरू तारमा जस्तो धातुको प्रयोग नगरेर प्लास्टिक, काँच र सिलिका लगायतका अन्य अधातुहरू प्रयोग गरिन्छ। यसको बनोट ३ तहमा हुन्छ। बीचमा कोर हुन्छ जुन यसको डाटा हिँड्ने मुख्य भाग हो। त्यसदेखि बाहिर क्ल्याडिङ र सबैभन्दा बाहिर ज्याकेट अर्थात कभर हुन्छ।
कोर भाग काँच, फाइबर र अन्य प्युरिटीहरूले बनेको हुन्छ। यसमा लाइट टोटल इन्टर्नल रिफ्लेक्टिङ्को आधारमा डाटा आदान प्रदान हुन्छ। अरर्थात् प्रकाशको गतिमा तथ्यांक आदान प्रदान गर्ने भएकाले यो अति शीघ्र डाटा आदान प्रदानको माध्यम हो। कोरभन्दा लगत्तै बाहिर रहेको क्ल्याडिङले कोर बाट बाहिर परावर्तन हुन लागेको डाटालाई पुन कोरतिर नै फर्काइदिन्छ। यसरी बाउन्स हुँदा हुँदै पहुँच सम्मको परिपथ बन्दछ। भित्रका यी दुवै भाग कमजोर पदार्थले बन्ने भएकाले सबैभन्दा बाहिरपट्टि सिन्थेटिक वा हाइ डेन्सिटी पोलिथिनले बनेको कभर राखिएको हुन्छ यसलाई ज्याकेट भनिन्छ। यी सबै तहहरू मिलेर बनेको अप्टिकल केबुल पनि धेरै भद्दा हुँदैन। सानो छरितो तारबाट विना झन्झट धेरै डाटा आदान प्रदान गर्न सकिने र डाटा चुहावट नहुनाले नै यसको लोकप्रियता बढ्दै गएको हो। पर्याप्त उपकरण हुने हो भने अप्टिकल फाइबर केबुलबाट असीमित डाटा आदान प्रदान गर्न सकिन्छ तर हाल सम्म ४० गेगाबाइट प्रतिसेकेन्डका दरले डाटा आदान प्रदान गर्ने उपकरणहरू बनेका छन्। नेपालमा प्रयोग भैरहेको उपकरणले चाहिँ १०गेगाहर्ज/सेकेन्डको गतिमा तथ्यांङ्क आदान प्रदान गर्दछ।twtter.com/samjhanabhatt