Thursday, October 30, 2014

छिनछिनमा बेहोश हुन्छन् कक्षामा केटीहरू

भवानी अधिकारी |२०७१ कार्तिक १२ बुधवार10252 पटक पढिएको
 3617
 18
 
स्याङ्जा : स्याङ्जा सदरमुकामसँगै जोडिएको राङभाङ गाविस ५ स्थित अरनिको उच्च माध्यमिक विद्यालयमा अध्ययनरत छात्रामा फेरी एउटा अनौठो रोग देखिएको छ। सामूहिक अचेतन (छिनछिनमा बेहोश हुने, रुने, कराउने, चिच्याउने) को समस्याले स्कूलको पढाइमा समेत वाधा पुगेको छ।
 
विद्यालयका प्राचार्य गोपाल पौडेलका अनुसार यसअघि पनि यो समस्या विद्यालयका छात्राहरूमा बारम्बार देखिएको हो।  विविध उपचार विधि अपनाए पनि बालिकामा मात्र हुने यो समस्या खासै समाधान हुन नसकेको पौडेलले बताए।
 
विद्यालयमा अध्ययरत करिब २ सय ५० विद्यार्थीमध्ये दैनिक ८ देखि १५ जनासम्म कक्षामै बेहोश हुन्छन्। शिशु कक्षादेखि १२ सम्मको पढाइ हुने सो विद्यालयमा ७ देखि १० कक्षामा अध्ययनरत बालिकामा यो समस्या देखिएको छ। यसले अरू विद्यार्थीको मनोविज्ञानमा समेत नकारात्मक असर परेको  पौडेलले बताए।
 
पौडेलले विगत ५/६ वर्षदेखि नै एक दुईजनामा यस्ता समस्या देखिदै आएकोमा यसपटक बढी संख्यामा छात्राहरू यो समस्याबाट प्रभावित देखिएका छन्। एक दुई जना बालिकामा मात्र हुँदा अभिभावकले आफना छोरीको व्यक्ति गत समस्याका कारण यस्तो भएको भन्दै बाहिर सार्वजनिक गरेनन् , तर सामूहिक रुपमा बेहोश हुन थालेपछि आफूहरू चिन्तित भएको र विशेषज्ञहरूसँग परामर्श भइरहेको अभिभावक नन्दबहादुर रानाले बताए। 
 
कहिले त एकै दिनमा १२ देखि १५ जना बालिकाहरू बेहोस हुने र रुने चिच्याउने गर्छन्। 'विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आउँछ,  विद्यालयका पूर्वप्राचार्य हेमराज अर्यालले भने। कक्षाका आधाभन्दा बढी विद्यार्थी बेहोस हुन थालेपछि गत वर्ष विद्यालयले एक साताका लागि विद्यालय बन्द गरेर उपचारमा लाग्यो, तर पनि उपचारले सफलता भने पाउन भने सकेन। 
 
विद्यालयले मनोचिकित्सकको टोली, एलोपेथिक डक्टरको टोली, लामाधामी र झाँक्री समेतलाई बोलाएर समस्याको समाधान खोजेको पौडेलेले बताए।  केही समय पहिले यही समस्यालाई लक्षित गरेर विद्यालयमा स्वास्थ्य शिविर नै संचालन गरिएको थियो।  लामाझाँक्रीले विद्यालय परिसरमा रहेको सरस्वतीको मन्दिर अपवित्र स्थानमा रहेको जनाउँदै भत्काउन लगाए।
 
विद्यालय परिवार र स्थानीयवासीको सहमतिमै मन्दिर भत्काइए तर पनि बालिकामा देखिएको समस्या भने अझै उस्तै रहेको बाल अधिकार अधिकृत बद्री बाग्लेले बताए। त्यसो त, मनोचिकित्सकको टोलीले विद्यालय परिवार, अभिभावक र गाउँले सबैलाई नियमित रुपमा मनोपरामर्श नियमित गरिनुपर्ने सुझाव दिएको थियो। एलोपेथिक डा. भेषराज पोखरेल मास फेन्टिङ (कन्भर्सन डिस अर्डर ) का कारण बालिकामा समस्या रहेको बताए। 
 
बालिकाहरू बेहोस हुनु अघि कुनै अदृश्य शक्ति ले डराउन दिने आफूलाई जहाँ छोएजस्तो भान हुन्छ अनि सोही अंग दुख्ने गरेको कक्षा १० मा अध्ययरत बालिका रेखा थापाले बताइन्। विद्यालय आएपछि एघार बजेदेखि एक बजे भित्रको समयमा धेरै बेहोस हुने गरेको र बेहोस हुने बालिकाको मुटु दुख्‍ने गरेको विद्यालयका प्राचार्य गोपाल पौडेलले जानकारी दिए। 
 
- See more at: nareshbhatta.blogsport.com

Tuesday, October 28, 2014

उठ्ने वित्तिकै कहिले पनि नगर्नुस् यी ५ काम
बुढा पाकाहरुले जीवनका बारेमा भनेका कतिपय कुराहरु बैज्ञानिक छन् । तर पछिल्लो समयमा मानिसहरु बुढा पाकाले भनेका जीवन सम्बन्धी महत्वपूर्ण कुराहरुलाई वास्ता नै गर्दैनन् ।

यहाँ त्यस्तै मान्यताको चर्चा गरिएको छ जुन विहानमा उठ्ने वित्तिकै गर्नु निक्कै अशुभ मानिन्छ । विहान उठने वित्तिकै गर्नै नहुने ५ कामः


१ सहवास नगर्नुस्
विहान उठ्ने वित्तिकै सहवास गर्नु राम्रो मानिँदैन । विहानको सहवासमा शरीरमा जम्मा भएको सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक उर्जा भरिने शास्त्रीय मान्यता छ । सके सम्म विहानमा सम्भोग गर्नु हुँदैन ।


२ ऐना नहेर्नुस्
विहान उठ्ने वित्तिकै मानिस अल्छी हुन्छ । र मानिसको अनुहारमा आलस्य झल्किन्छ । विहान उठ्ने वित्तिकै ऐना हेर्दा त्यो आलस्यको मुद्राले दिनभरी नकारात्मक प्रभाव पार्छ । त्यसकारण उठ्ने वित्तिकै ऐना हेर्ने बानी छ भने आजै देखि छोडिदिनुस् । ऐना हेर्नु भन्दा पहिले हत्केला हेर्नुस् ।



३ बाँदरको नाम नलिनुस्
विहान उठेर बाँदरको नाम नलिन सुझाव दिन्छन् शास्त्रका ज्ञाताहरु । विहानै बाँदरको नाम लिँदा दिनमा खाना खान मसस्या हुने उनीहरुको भनाइ छ । विहानमा बाँदरको नाम सके सम्म उच्चारण नै नगर्नुस् ।

४ तेलको भाँडो र सियो धागो नहेर्नुस्
विहान उठ्ने वित्तिकै तेल राखेको भाँडो वा सियो धागो प्रयोग नगर्नुस् । यी २ बस्तु उठ्ने वित्तिकै हेर्न नहुने शास्त्रीय मान्यता छ । यस्ता सामान राख्दा विहान उठ्ने वित्तिकै नदेखिने ठाउँमा राख्नु बुद्धीमानी हुन्छ् ।

५ घर फोहोर नराख्नुस्
उठ्ने वित्तिकै फोहोर सफा गरिहाल्नुस् । विहानको समयमा घरमा लक्ष्मी प्रवेश गर्ने समय मानिन्छ । विहान उठ्ने वित्तिकै घर सफा गर्नु सबै भन्दा उत्तम मानिन्छ । सके सम्म यस्तो सफाइ घरका महिलाले गरेको राम्रो भनिएको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Monday, October 27, 2014

अप्टिकल शब्दबाट नै स्पष्ट हुन्छ कि यो दृश्य अथवा प्रकाश सित सम्बन्धित हुन्छ। अप्टिकल फाइबरमा अरू तारमा जस्तो धातुको प्रयोग नगरेर प्लास्टिक, काँच र सिलिका लगायतका अन्य अधातुहरू प्रयोग गरिन्छ। यसको बनोट ३ तहमा हुन्छ। बीचमा कोर हुन्छ जुन यसको डाटा हिँड्ने मुख्य भाग हो। त्यसदेखि बाहिर क्ल्याडिङ र सबैभन्दा बाहिर ज्याकेट अर्थात कभर हुन्छ।
कोर भाग काँच, फाइबर र अन्य प्युरिटीहरूले बनेको हुन्छ। यसमा लाइट टोटल इन्टर्नल रिफ्लेक्टिङ्को आधारमा डाटा आदान प्रदान हुन्छ। अरर्थात् प्रकाशको गतिमा तथ्यांक आदान प्रदान गर्ने भएकाले यो अति शीघ्र डाटा आदान प्रदानको माध्यम हो। कोरभन्दा लगत्तै बाहिर रहेको क्ल्याडिङले कोर बाट बाहिर परावर्तन हुन लागेको डाटालाई पुन कोरतिर नै फर्काइदिन्छ। यसरी बाउन्स हुँदा हुँदै पहुँच सम्मको परिपथ बन्दछ। भित्रका यी दुवै भाग कमजोर पदार्थले बन्ने भएकाले सबैभन्दा बाहिरपट्टि सिन्थेटिक वा हाइ डेन्सिटी पोलिथिनले बनेको कभर राखिएको हुन्छ यसलाई ज्याकेट भनिन्छ। यी सबै तहहरू मिलेर बनेको अप्टिकल केबुल पनि धेरै भद्दा हुँदैन। सानो छरितो तारबाट विना झन्झट धेरै डाटा आदान प्रदान गर्न सकिने र डाटा चुहावट नहुनाले नै यसको लोकप्रियता बढ्दै गएको हो। पर्याप्त उपकरण हुने हो भने अप्टिकल फाइबर केबुलबाट असीमित डाटा आदान प्रदान गर्न सकिन्छ तर हाल सम्म ४० गेगाबाइट प्रतिसेकेन्डका दरले डाटा आदान प्रदान गर्ने उपकरणहरू बनेका छन्। नेपालमा प्रयोग भैरहेको उपकरणले चाहिँ १०गेगाहर्ज/सेकेन्डको गतिमा तथ्यांङ्क आदान प्रदान गर्दछ।twtter.com/samjhanabhatt