‘लिपु लेक सम्झौता खारेज गरी दुई मुलुकले नेपालसँग माफि माग्नु पर्छ’– दार्चुला बासी

सेतोपरेवा संवाददाता , दार्चुला, ५ असार
मे २१ मा भारत र चिन बिच भएको लिपु लेक मार्गलाई खोलेर ब्यापारिक मार्गको रुपमा प्रयोग गर्ने सम्झौता बिरुद्ध दार्चुला बासि आक्रोशित भएका छन् । उनिहरुले आज दार्चुलामा एक छलफल कार्यक्रम आयोजनाग गरि उक्त सम्झौता खारेज गरी दुईटै मुलुकले नेपालसँग माफि माग्नु पर्ने धारणा राखेका छन् ।
दार्चुलामा सुन्दर सुदूरपश्चिम बिकास अभियान, अनेरास्वयु, नेबिसंघ र क्रान्तिकारी बिद्यार्थी संगठनले संयुक्त रुपमा आयोजना गरेको छलफल कार्यक्रममा त्यहाँका स्थानिय बासिन्दाले कडा रुपमा भारत र चिन बिच भएको लिपु लेक सम्झौताको बिरोध गरेका छन् ।

कार्यक्रममा बोल्दै सुन्दर सुदूरपश्चिम बिकास अभियानका दार्चुला शाखा अध्यक्ष नरेश भट्टले भने, ‘यो सम्झौताले नेपालसँगै हामी दार्चुलाबासिलाई थप पिडा थपेको छ ।’
सुन्दर सुदूरपश्चिम बिकास अभियान संस्थाको नेतृत्वमा दार्चुलाबासिले यस बिषयमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी मार्फत परराष्ट्र मन्त्रालय, नेपालका लागि भारतीय दुतावास र नेपालकालागि चिनिया दुतावासको पनि ध्यानार्कषण गराउने भट्टले बताए ।
लिपु लेक नाका खोल्ने सम्बन्धमा भारत र चीनले गरेको सम्झौंता बिषयमा अहिले बिप्लव माओवादीले प्रमुख एजेन्डाको रुपमा उठाएको छ भने, पोखरामा बिद्यार्थि संगठन हरुले हस्ताक्षर थालनी गरेका छन् ।**

- See more at: http://setoparewa.com/2015/06/20/30326#sthash.k33Ck8WS.spd54x6F.dpuf

No comments:
Post a Comment